कार्यालय सहयोगीको कुटाइबाट मुगुमा विद्यार्थीको मृत्यु


मुगु जिल्लामा विद्यालयका कार्यालय सहयोगीको कुटाइबाट विद्यार्थीको मृत्युृ भएको छ । छायाँनाथ रारा नगरपालिका– ५, महाकाली नमुना माध्यमिक विद्यालयमा अध्ययनरत दिलीप भामको कार्यालय सहयोगी अर्जुन सेजुवालले कुटपिट गर्दा मृत्यु भएको छ ।



सेजुवाल विद्यालयमा छायाँनाथ रारा नगरपालिका– १० स्थित विद्यालयको छात्रावासमा खाना पकाउने काम गर्दै आएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । सेजुवालको कुटपिटबाट मृत्यु भएका भाम फरक पहिचान भएका विद्यार्थी हुन् । उनी कक्षा मा अध्ययनरत थिए ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक भीमदत्त जोशीका अनुसार सेजुवाललाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा लिइएको छ । उनले भने, ‘मृतक दिलीपको बाहिरी चोटपटक कुनै देखिएको छैन,’ उनले भने, ‘भित्री चोटपटक लागेर मृृत्यु भएको हो ।’



सम्बन्धित
Loading...