अमेरिकामा कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ९ पुग्यो


 



काठमाडौं, २१ फागुन । अमेरिकामा कोरोना भाइरस अर्थात कोभिड–१९ का कारण ज्यान गुमाउनेको सङ्ख्या ९ पुगेको छ ।

विश्व स्वास्थ्य संगठन ृडब्लूएचओेको अनुसार मंगलबार तीन जनाको ज्यान गएसँगै अहिलेसम्म अमेरिकामा कोरोना भााइरसबाट ज्यान गुमाउनेको संख्या ९ पुगेको हो । सोमबार पनि कोरोना भाइरसबाट अमेरिकामा ३ जनाको मृत्यु भएको थियो ।




अहिलेसम्म अमेरिकामा ११८ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । ७ जना अटिल अवस्थामा छन् भने नौ जना पूर्ण रुपमा निको भएका छन् ।

कोरोनाका कारण विश्वभरि अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या तीन हजार एक सय नाघेको छ भने ९२ हजारभन्दा ८ सय भन्दबढीमा सङ्क्रमण देखिएको छ ।



सम्बन्धित
Loading...