कुवेतले कामदारलाई दियो दुई साताको विदा, व्यवसायिक उडान बन्द


कुवेत सरकारले कर्मचारीलाई दुई सातको विदा दिएको छ । कोरोना भाइरसको संक्रमण निरन्तर बढ्दै गएको अवस्थामा कुवेत सरकारले यस्तो निर्णय लिएको हो ।



कुवेत समाचार एजेन्सीका अनुसार बिहीबारदेखि नै लागू हुनेगरी त्यहा कार्यरत सम्पूर्ण कर्मचारीलाई दुई साताको बिदा दिइएको छ ।

२६ मार्चसम्मको लागि कर्मचारीहरूलाई घरमा बस्‍नको लागि अपिल गरेको छ बजार, क्याफे, हेल्थ क्लबलगायतका स्थानमा भेला गर्न सरकारले प्रतिवन्ध लगाएको एजेन्सीले जनाएको छ ।




त्यस्तै कुवेत सरकारले हवाई उडानमा पनि कडाइ गरेको छ । उसले कुवेतबाट व्यवसायिक उडानमा प्रतिवन्ध भने शुक्रबारबाट लागू हुने जनाइएको छ । कुवेतले कार्गो सेवामा भने यो निर्णय लागु नहुने जनाएको छ ।

चीनमा नियन्त्रण हुँदै गएको कोरोना भाइरस विश्‍वभर भने निरन्तर फैलिएको छ । अहिलेसम्म ११४ राष्ट्रमा फैलिएकोमा मृत्यु हुनेको संख्या ४ हजार ६ सय ३३ पुगेको छ ।



सम्बन्धित
Loading...