मध्यविन्दुमा काेराेना भाइरस सम्बन्धी सचेतना
गंगा बिश्वकर्मा , चोरमारा –

नोभेल कोरोना भाइरस सम्बन्धि जनचेतना मुलक कार्यक्रम एबं बिशेष भेला आज मध्यबिन्दु ११ कुसुण्डेमा गरिएको छ । श्री जनजागरण सामुदायिक बनको आयोजना तथा मध्यबिन्दु नगरपालीका स्वास्थ्य शाखाको सहयोगमा सो कार्यक्रम गरिएको हो ।
कार्यक्रम सामुदायिक बनका अध्यक्ष बिमला साप्कोटाको अध्यक्षता एबं मध्यबिन्दु नगरपालीकाका उपप्रमुख ओमकुमारी महत्तोको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा बोल्दै उपप्रमुख महत्तोले बिश्व स्वाथ्य संगठनले नै आपतकालीन घोषणा गरेको यस रोगलाई हेलचेक्राइ गर्न नहुने भन्दै यसप्रति सचेत रहन आग्रह गर्नुभयो । उहाले बिशेष गरि खुल्ला सिमाना रहेको छिमेकी देश भारतमा समेत यो रोग देखा परेकाले रोगप्रति भय बढेको भन्दै सर्तक रहन आग्रह गर्नुभएको हो । उहाले फोहोरमैलाबाट नै धेरै रोगहरु आउने भन्दै फोहोरमैला व्यबस्थापनका लागि नगरको योजना समेत सुनाउनुभएको थियो ।
कार्यक्रमको उदेश्यमाथी प्रकाश पार्नुहुदै बनका अध्यक्ष बिमला साप्कोटाले रोग लागीसकेपश्चात उपचार भन्दा रोग लाग्नै नदिनका बेस हुने भएकाले पुर्ब सचेतना कार्यक्रम संचालन गरिएको बताउनुभएको थियो ।

कार्यक्रममा प्रशिक्षकका रुपमा रहनुभएका प्राथामीक स्वाथ्य केन्द्रका मेडीकल अधिकृत सुमन ढकालले कोरोना भाइरस बिश्वमा नै आपतकालीनका रुपमा देखा परेता पनि यसबाट बच्ने उपायहरु अबलम्बन गर्न सके यस रोगलाई टाढा राख्न सकिने बताउनुभएको थियो । उहाले कार्यक्रम मार्फत नोवेल कोराना भाइरसका लक्षण ज्वरो आउनु र खोकी लाग्नु, छिटोछिटो सास फेर्नु, श्वासप्रश्वासमा कठिनाइ हुने लगायतका हुने भएकाले यस्तो अवस्थामा घरमै नबसी नजिकको स्वास्थ्य संस्था गइ समयमै उपचार गराउन समेत आग्रह गर्नभयो ।
सो अबसरमा मध्यबिन्दु नगरपालीकाका प्रमुख प्रशाशकीय अधिकृत चन्द्राकान्ता न्यौपाने , बडा न ११ का बडाअध्यक्ष चन्द्र बाहादुर दरै , बडा न १२ का बडाअध्यक्ष कुल बाहादुर गुरुगं , बडा न १४ का बडाअध्यक्ष मिन बाहादुर दर्लामी, योजना शाखाका बिष्णु गौतम , स्वाथ्य शाखा प्रमुख माधब पोख्रेल , अरुणखोला सब डिभिजन बन कार्यालयका प्रमुख गणेश चन्द्र देबकोटा , पशु सेवा शाखा प्राबिधीक ज्ञानप्रसाद भट्टाराई , न्यायीक समिति सदस्य दुर्गा लक्ष्मी काफ्ले , बडासदस्यहरु ललिल बाहादुर बिक , मिना रायमाझी, महेश्वर भुषाल, गौरी बिक लगायतकाको आतिथ्यता रहेको थियो ।
मध्यबिन्दु ११ का बडाअध्यक्ष चन्द्र बाहादुर दरैको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सस्थाका सचिब भगबती देबकोटाले गर्नुभएको थियो । सो अबसरमा करिब ५० जना उपभोक्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिहरुलाई माक्स समेत बितरण गरिएको थियो ।