चितवनबाट कोरोना भाईरसका शंकास्पद तीन जनाको नमुना काठमाण्डौ पठाईयो


चितवन, फागुन २९ ।



नोवेल कोरोना भाईरस परिक्षणका लागि चितवनबाट तीन जनाको नमुना काठमाण्डौ पठाईएको छ । कोरोना भाईरससंग विरामीको लक्ष्ण देखिएपछि भरतपुर अस्पतालले एक महिनाको अवधिमा तीन जनाको नमुना टेकु स्थित केन्द्रीय प्रयोगशालामा पठाइएको हो ।
भरतपुर अस्पतालमा आज(विहिबार) बसेको नोबल कोरोना रोग रोकथाम र नियन्त्रण समन्वय समितिको बैठकपछि जारी भएको विज्ञप्तिमा सो बारे जानकारी गराइएको हो । यसअघि दुई जनाको नमुना परीक्षण गरिएकोमा दुवैको नेगेटिभ आएको र आज गरिएको परीक्षणको रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले हस्ताक्षर गरेको विज्ञप्तिमा अस्पतालको आइशोलेसन वार्डलाई विस्तार गरेर १९ शैयाको बनाइएको उल्लेख छ । त्यसैगरी अस्पतालले नोबल कोरोना रोकथाम तथा व्यवस्थापन समितिलाई विस्तार गरी तीन जनाबाट १३ जना बनाइएको जनाएको छ । आज बसेको रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले सरकारले निर्देशन गरे बमोजिम जनचेतनामूलक र अन्य नियन्त्रणका कार्यक्रमहरु सञ्चालन गर्ने पनि निर्णय गरेको छ । कोरोना परिक्षण गर्दैमा नआतिन सवैलाई अस्पताल प्रशासनले आग्रह समेत गरेको छ ।



सम्बन्धित
Loading...