३ हजार रुपैयाँले घट्यो सुनको मूल्य
साताको अन्तिम दिन आज शुक्रबार सुनको मूल्य घटेको छ । एकै दिन तोलामा ३ हजार रुपैयाँले सुनको मूल्य घटेको हो ।
हिजो बिहीबार तोलाको ८१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ७८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, ८१ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य पनि घटेर ७८ हजार २ सय रुपैयाँमा झरेको छ । ८ सय ६० रुपैयाँ रहेको चाँदी आज ८ सय २० रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो साताको मंगलबार सुनको मूल्य अहिलेसम्मकै उच्च तोलाको ८२ हजार ७ सय रुपैयाँ पुगेको थियो ।