एकै दिनमा ३ हजारले घट्यो सुनको भाउ…


केहि दिन उच्च भाउमा कारोबार भएको सुनको मूल्य आज ह्वात्तै घटेको छ। नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज शुक्रबार सुनको मूल्य ३ हजारले घटेको हो।



बिहिबार छापावाला सुन ८१ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज शुक्रबार ३ हजारले घटेर तोलामा ७८ हजार ५ सय मूल्यमा कारोबार भइरहेको छ। त्यस्तै, तेजाबी सुनपनि घटेर तोलाको ७८ हजार २ सय पुगेको छ।

शुक्रबारको बजारमा सुनको मूल्य घटेसँगै चाँदीको मुल्य पनि ह्वात्तै घटेको छ। बिहिबार ८ सय ६० रुपैँयामा कारोबार भएकोमा चाँदीको मूल्य आज ४० रुपैँयाले घटेर ८ सय २० मूल्यमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।



सम्बन्धित
Loading...