एकलाख ७१ हजार रकमसहित १० जुवाडे पक्राउ

दाङ, फागुन ३० । प्रहरीले झन्डै पौने दुईलाख रकमसहित घोराहीवाट दश जुवाडेलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी प्रबक्ता तथा डिएसपी सुमित खड्काका अनुसार पक्राउ पर्नेहरुमा रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं. ६ निगालपानी निवासी ५३ बर्षीय दुर्गा पुन, सोही वडाको निगालपानी निबासी होटेल सञ्चालक ३८ बर्षीया छबी पुन, वडा नं. ७ डुर्विङ निवासी ३९ बर्षीय रेशम रोका, सोही ठाउँकै ३२ बर्षीय सोमपाल बस्नेत, सोही ठाउँकै ४९ बर्षीय धनबहादुर घर्ती, मगर लगाएका छन् ।
त्यस्तै दाङको घोराही उपमहानगरपालिका वडा नं. १५ रतनपुर निवासी ३५ बर्षीय पदमबहादुर बुढा, घोराही १३ कमलघारी निवासी ३९ बर्षीय दुर्गालाल रोका, घोराही १८ मसिना निवासी ४३ बर्षीय फाले घर्ती, घोराही १४ पुरानो बसपार्क निवासी ५२ बर्षीय गनबहादुर घर्ती, घोराही १५ रतनपुर निवासी ३५ बर्षीय जनक पुन रहेका छन् ।
घोराही उपमहानगरपालिका वडा नं. १४ लखन पार्क नजिक रोल्पाली सृष्टि खाजा घरमा जुवा खेली रहेका गोप्य सूचनाको आधारमा शुक्रवार दिउँसो साढे चारबजे तिर एकलाख ७१ हजार पाँचसय ८० रुपैंया सहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।