भरतपुर अस्पतलमा रहेका शंकास्पद व्यक्तिमा कोरोना भेटिएन


भरतपुर अस्पतालमा उपचारका लागि आएका शंकास्पद एक व्यक्तिमा कोरानो भाइरस (कोभिड–१९) नभेटिए देखिएको छ । अस्पतालका सूचना अधकिारी लिला पौडेलका अनुसार आईतबार उपचारका लागि भारतबाट फर्किएका एक जनामा कोरोना भाइरसको जस्तै लक्षण देखिएपछि अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो । तर सोमबार केन्द्रीय प्रयोगशालाबाट आएको नमूना परिक्षणको रिपोर्टको नतिजा नेगेटिभ आएको छ । विरामीको नमूना परीक्षणका लागि आइतबार काठमाण्डौं पठाइएको थियो । उनका अनुसार अस्पतालले यसअघि पनि तिन व्यक्तिको नमुना परीक्षणका लागि काठमाडौं पठाएको थियो । उनीहरु सबैमा पनि परीक्षणपछि नतिजा कोराना नेगेटिभ अर्थात् संक्रमण नभएको आएको थियो । अस्पतालबाट कोरनाको आशंका गरेर नमुना परिक्षण गरिएका सबै व्यक्ति ५० वर्ष उमेर माथिएको भएको उनले बताए ।
विश्वभर कोरोनाको संक्रमण फैलिएपछि चितवनमा पनि सतर्कता बढाइएको छ । चितवनको भरतपुर अस्पतालले शंकास्पद लक्षण देखिएका व्यक्तिलाई सिधै अस्पतालको कोठा नम्बर २०१ मा लैजाने प्रबन्ध मिलाएको छ । अस्पतालमा अहिले आइसोलेसन वार्डमा १९ बेड छ । शंकास्पद लक्षणसहित अस्पताल आउने व्यक्तिहरु अन्य सामान्य व्यक्तिको सम्पर्कमा नपुग्नु भनेर अस्पतालले र्या्पिड रेस्पोन्स टिमसहित विशेष सावधानीसमेत अपनाएको छ ।



सम्बन्धित
Loading...