कोरोनाका कारण इटालीमा एकै दिन ३ सय ४९ को ज्यान गयो

विश्वमा महामारीका रुपमा फैलिएका कोरोना भाइसको संक्रमण १६२ देशमा फैलिएको छ। तीव्ररुपमा फैलिएको कोरोनकाका कारण इटालीमा विगत २४ घण्टामा ३ सय ४९ जनाको ज्यान गएको छ।
कोरोनाका कारण थप ३ हजार २ सय ३३ जना थपिएका छन्। इटालीमा कोरोना सक्रमणका कारण २७ हजार ९ सय ८० जनामा संक्रमण देखिएको छ। कोरोनाका कारण विश्वभरबाट ७ हजार १ सय ५८ जनाले ज्यान गुमाएका छन्।
त्यस्तै चीनमा भने थप १३ जनाको ज्यान गएको छ। त्यस्तै इरानमा १ सय २९ जनाको ज्यान गएसँगै मृतकको संख्या ८ सय भन्दा बढी पुगेको छ। कोरोना भाइरसका कारण स्पेनमा थप ४८ जनाको ज्यान गएको छ।
स्पेनमा फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको मृत्यु भएको छ। फ्रान्सिस्को गार्सियाले मालागामा आधारित क्लब एटलेटिको पोर्टडा अल्टाको कनिष्ठ टोलीको प्रबन्ध गरेका थिए।