देवचुलीमा नि:शुल्क पशु स्वास्थ्य शिविर


  • मिना कंडेल  –


नवलपुर । पूर्वी नवलपरासीको देवचुली १७ मा रहेको पिप्रहरमा निशुल्क पशु स्वास्थ शिबिर सम्पन्न भएको छ ।




“प्राविधिक शिक्षा, आजको आवस्यकता“ भन्ने मुल नारा सहित विद्यालयमा संचालित १८ महिने भेटेरीनरी जे.टि.ए र ३ वर्षे डिप्लोमा (पशु बिज्ञान) का विद्यार्थीलाई प्रयोगात्मक रुपमा अब्बल बनाउन शिविरको आयोजना गरिएको विद्यालयमा भेटेरीनरी बिभागका विभागीय प्रमुख डा. रुपक कंडेलले बताउनु भयो ।

शिबिरमा ४५५ बाख्रा, ४० वटा भैंसी, ३२ वटा गाई, ३ वटा कुकुर, ३ वटा खरायो र २०० भन्दा बढी लोकल कुखुराको जाँच गरि उपचार तथा औषधि वितरण एवम् १० वटा भन्दा बढी बोकालाई खसी पारिएको डा. कंडेलले जानकारी दिनु भयो ।

यस्तै शिविरमा निशुल्क औषधि उपचार, गोबर परिक्षण, पशुपालन सम्बन्धि सल्लाहसुझाब, भाले पशुको बन्ध्याकरण,गर्भ परिक्षण, बाझोपनको उपचार गरि निशुल्क औषधि वितरण गरिएको थियो । शिबिर अत्यन्त उपायोगी भएको र कृषकहरु पनि पुर्ण रुपले सन्तुष्ट भएको पशु स्वास्थ्य प्राविधिक सत्यनारायण भुसालले बताउनु भयो । आगामी दिनमा अन्य ठाउँमा पनि निशुल्क पशु स्वास्थ्य शिविर संचालन हुने र शिविरलाई थप प्रभावकारी बनाउन आफू संधै प्रतिबद्ध रहने विभागीय प्रमुख डा. कंडेलले बताउनु भयो ।

ऋत्भ्ख्त् बाट सम्बन्धन प्राप्त बरचुली माध्यमिक देवचुली १७ को आयोजना भएको निशुल्क पशु स्वास्थ शिबिरमा भेटेरिनरी जेटिए अध्ययनरत ७५ जना विद्यार्थीको सहभागीता रहेको थियो ।



सम्बन्धित
Loading...