नेपालमा कोरोना परीक्षण : ५३० जनाको ‘नेगेटिभ’, १५ जनाको परिणाम आज आउँदै
कोरोना भाइरस संक्रमण आशंकामा नेपालमा अहिलेसम्म ५३० जनाको स्वास्थ्य परीक्षण गरिएको काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।
बुधबार साँझसम्म ५३० जनाको परीक्षणको नतिजा आयोएको छ र ती सबै नेगेटिभ रहेको जानकारी छ । आज (बिहीबार) १५ वटाजति नमुनाको रिपोर्ट सार्वजनिक हुँने जानकारी छ ।
कोरोनाको परीक्षण नेपालमा अहिले टेकुस्थित प्रयोगशालामा मात्र हुन्छ ।