निर्भया बलात्कार काण्डका चारै दोषीलाई मृत्युदण्ड
यो विषयमा सात वर्षसम्म कामुनी लडाइ चलेको थियो । निर्भयाकी आमाले यो न्यायको जित भएको प्रतिक्रिया दिएकी छन् ।
१६ डिसेम्बर सन् २०१२ मा दिल्लीमा २३ वर्षीया ती मेडिकल छात्रालाई गुडिरहेको बसमा ६ जनाले सामूहिक बलत्कारपछि हत्या गरेका थिए ।
बलात्कारमा संलग्न प्रमुख आरोपी राम सिंहले पक्राउपछि जेलमा आत्महत्या गरेका थिए । एक आरोपी नाबालिग साबित भएपछि सुधारगृह पठाइएकोमा उनी सन् २०१५ मा रिहा भइसकेका छन् ।
