कोरोनाको प्रभाव डलरमा– नेपाली रुपैयाँ इतिहासकै कमजोर
अमेरिकी डलरको भाउ हालसम्मकै उच्चविन्दुमा पुगेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलर बराबर १ सय २० रुपैयाँ २८ पैसा बिक्रीदर तोकेको छ । यो हालसम्मकै सबैभन्दा धेरै हो ।
अमेरिकी डलर बलियो बन्दा नेपाली रुपैयाँ भने इतिहासकै कमजोर बनेको छ । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमयदर रहने गरेको छ । यसकारण केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुने गरेको छ ।
