घाँसीकुवामा बस दुर्घटना : १ जनाकाे मृत्यु, १७ यात्रु घाइते


 पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका वडा नम्बर १२ घाँसीकुवामा बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएकाे छ । साे दुर्घटनामा १७ जना यात्रु घाइते भएका छन् ।



मृत्यु हुनेमा गोरखाको गोरखा नगरपालिका–१८ घर भई हाल तनहूँकाे शुक्लागण्डकी नगरपालिका–२ मा बस्दै आएकी करिव २६ वर्षीय शर्मिला ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

आइतबार बिहानै मुग्लिनबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ९४०० नम्बरको बस घाँसीकुवामा अनियन्त्रित भई भित्तामा ठोक्किँदा दुर्घटना भएको प्रहरीकाे भनाइ छ ।




घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको र अन्य सामान्य उपचार पश्चात डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ । घाइतेमध्ये २ जनालाई पोखरास्थित मणिपाल अस्पताल र १ जनालाई काठमाडौँ रिफर गरिएको प्रहरीले जनाएको छ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको घाँसीकुवा-छिर्कने सडक खण्ड धेरै दुर्घटना हुने स्थानको रुपमा चिनिँदै आएको छ ।



सम्बन्धित
Loading...