कोलम्बियाको जेलमा भागदौड हुँदा २३ जनाको मृत्यु, ८० जना भन्दा बढि घाइते

एजन्सी। कोलम्बियाको सबैभन्दा ठूलो ला मोडेलो कारागारामा कोरोना भाइरस संक्रमण फैलिएको हल्लापछि भागदौड हुँदा २३ जनाको मृत्यु भएको छ भने भागदौडकै क्रममा ८० जना भन्दा बढि कैदी घाइते भएका छन्।
अन्य कारागारमा समेत जेलबाट भाग्न खोजेका घटनाहरु भईरहेका अन्तर्राट्रिय संचार माध्यमले जनाएका छन् ।
स्थितिलाई नियन्त्रणमा लिने क्रममा कारागारमा कार्यरत सात जना सुरक्षाकर्मीसमेत घाइते भएका छन् ।
कोलम्बियाको सरकारले हालसम्म कुनैपनि कैदि बन्दिमा रोगको संक्रमण नदेखिएको दाबी गरेको छ ।