भुताहाको सहकारी संस्थाद्वारा कर्मचारीको विमा
गोपी ज्ञवाली –

नवलपरासी । पश्चिम नवलपरासीको एउटा सहकारीले आफना सम्पूर्ण कर्मचारीको जीवन विमा गरिदिएको छ ।
पश्चिम नवलपरासी बर्दघाट भुताहा स्थित जनकल्याण सहकारी संस्था लिमिटेडले आफनो संस्थामा कार्यरत सबै कर्मचारीहरुको जीवन विमा गरिदिएको जनकल्याण सहकारी संस्था बर्दघाटका व्यवस्थापक यमलाल खरेलले बताए ।
संस्थामा कार्यरत कर्मचारीको सहकारी संस्थाले एक महिनाको तलबमा संस्थाले एक महिना तलब बराबरको रकम थप गरी जम्मा दुई महिनाको तलब बराबरको रकमको विमा गरि दिएको संस्थाका अध्यक्ष डिक बहादुर पाण्डेले बताए।
बर्दघाट स्थित जनकल्याण सहकारी संस्थामा नियमित सात जना कर्मचारी कार्यरत रहेका छन भने ब्यवस्थापक सहित सात जनाको विमा गरिएको बताईएको छ । कर्मचारी विमा योजना गत आर्थिक वर्षको चैतबाट शुरु गरिएको छ भने यस आर्थिक वर्षमा थप ६ जना कर्मचारी निमित्त हुने छन र ती सबै कर्मचारीको पनि संस्थाले सोही अनुसारको विमा गरि दिने योजना रहेको जनकल्याण सहकारी संस्थाका संचालक समिति सदस्य प्रकाश न्यौपानेले बताए ।
सूर्या लाईफ ईन्स्युरेन्स कम्पनी मार्फत सबै कर्मचारीको दुई महिनाको तलब बराबरको विमा शुल्क रहने गरि सबै कर्मचारीहरुको जीवन विमा गरिदिएको बताईएको छ । कर्मचारीका विमाले कर्मचारीमा भईपरी आउने जोखिम न्यूनीकरण सहयोग मिल्ने छ भने कर्मचारी संस्थामा थप उर्जाशिल भएर काम गर्ने संस्थाका ब्यवस्थापक खरेलले बताए ।