चीनको वुहानमा पाँच दिनपछि फेरि कोरोना भाइरसको नयाँ सङ्क्रमण


एजेन्सी, ११ चैत। कोरोना भाइरस अर्थात कोभिड–१९ को उद्गमस्थल चीनको वुहानमा आज पाँच दिनपछि फेरि भाइरस देखा परेको छ ।



वुहान सहरमा पाँच दिनसम्म कोरोना भाइरस शून्य भएको थियो । उक्त स्थानमा केही दिनयता सङ्क्रमण घट्दै गएको थियो तथा पाँच दिनदेखि कुनै पनि नयाँ सङ्क्रमण देखिएको थिएन।




अहिले चीनभित्रबाट भन्दा पनि बाहिरबाट सङ्क्रमण भित्रिरहेको चिनियाँ अधिकारीहरूले बताएका छन्। विगत २४ घण्टामा चिनियाँ मुख्य भूभागमा ८० वटा नयाँ सङ्क्रमण पाइएको बीबीसीमा खबर छ।

सङ्क्रमित व्यक्तिमध्ये चार जना बाहेक बाँकी सबै चीन बाहिरबाट आएको अधिकारीहरूको भनाइ छ।



सम्बन्धित
Loading...