चितवनमा ‘लकडाउन’ अवज्ञा गर्ने १६ जना पक्राउ
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले १६ जनालाई नियन्त्रणमा लिएको छ । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङका अनुसार कोरोना भाइरसको जोखिमसँग जुध्न सरकारले आजदेखि लागू गरेको एकहप्ते ‘लकडाउन’ उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिइएको हो ।
उनीहरुमध्ये १० जनालाई सम्झाइबुझाइ छाडिएको छ भने छ जनालाई कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय पठाइएको छ । गुरुङका अनुसार जिल्लाका विभिन्न ठाउँमा गरिएको चेकजाँचका क्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । आइन्दा सवारी नचलाउने प्रतिबद्धता जनाएकालाई छाडिएको छ भने जबर्जस्ती गर्न खोज्नेलाई प्रशासन पठाइएको छ ।