भारत र अस्ट्रेलियाबाट आएका सहित चार जनाको कोरोना जाँचका लागि ल्याव पठाइयो




कोरोना भाइरस (कोभिड १९) को आशंकामा ४ जनाको नमूना संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको छ ।

मंगलबार भरतपुरस्थित कोरोना विशेष अस्पतालमा आएका चार जना बिरामीको स्वाब परिक्षणका लागि आज साँझ काठमाडौं पठाइएको कोरोना विशेष अस्पतालका प्रमुख डा. भोजराज अधिकारीले बताए । नमूना संकलन गरिएका बिरामी एक जना भारत तथा एक जना अस्ट्रेलियाबाट आएका नेपाली र अन्य दुई जना स्थानीय भएको डाक्टर अधिकारीले बताए ।

उनीहरु चारै जना ‘भरतपुर कोरोना(अस्थायी)अस्पताल’को आइसोलेसन वार्डमा छन् ।

चितवनमा कोरोना अस्पतालमा उपचाररत वर्ष ३० का सन्तोष यादवको आज बिहान निधन भएको छ । मृगौला, फोक्सो र छाला सम्बन्धि रोगको उपचार गराइरहेका उनको कोरोनाकै कारणबाट निधन भएको भन्ने पुष्टि भएको छैन ।

कोरोनाको आशंकामा उनको नमूना संकलन गरी आज बिहान काठमाडौं पठाइएको भए पनि अहिलेसम्म रिपोर्ट आएको छैन । कोरोना परीक्षणको रिपोर्ट छिटोमा २४ घन्टामा आउँछ ।



सम्बन्धित
Loading...