कावासोतीको नवदुर्गा सामुदायिक वनले आफ्नो उपभोक्तालाई माक्स वितरण

कावासोती । कावासोतीमा रहेको नवदुर्गा सामुदायिक वनले आफ्नो उपभोक्ताहरुलाई घरघर गएर कोरोनाबाट बचाउनका लागि माक्स र सावुन वितरण गरेको छ ।
साढे ३ सय भन्दा बढी उपभोक्ता रहेको उक्त सामुदायिक वनका उपभोक्ताहरुलाई घरघर गएर माक्स र सावुन वितरण गरिएको नवदुर्गा सामुदायिक वनका अध्यक्ष कृष्णबहादुर ठाडाले बताए ।