कोरना त्रासः कावासोतीका खोकी लागेका विरामी चितवनका दुई अस्पतालबाट त्यसै फर्किए

कावासोती, १२ चैत्र । पश्चिम नवलपरासीका एक जना विरामी कोरोना लागेको आशंकामा अस्पतालले भर्ना नलिएर ३ दिन भौतारिएको खबर सेलाउन नपाउँदै पूर्वी नवलपरासीमा खोकी लागेका एक जना विरामीलाई चितवनका दुई वटा अस्पतालले भर्ना नगरी घर फर्काइदिएको छ ।
कावासोती ३ अठ्ठाइस विगाहा निवासी ४३ बर्षीय दुर्गाबहादुर विकले केही समयदेखि ग्याष्टिक र खोकीको औषधी सेवन गरिराखेको र पछिल्लो समय १०/१२ दिनदेखि खोकी लागेका कारण मंगलबार चितवनको पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा गएको भए पनि दुवै अस्पतालले फिर्ता गरिदिएको विकले बताए ।
विकका अनुसार पुरानो मेडिकल कलेजले उपकरण विग्रिएको छ भनेर फिर्ता गरिदिएको र भरतपुर अस्पतालले केही औषधि दिएर सन्चो हुन्छ भन्दै पठाइदिएको हो ।
उनलाई अहिले कावासोती ३ का वडा अध्यक्ष अमृत श्रेष्ठले उनको स्वास्थ्य चेकजाँचका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा पठाउने तयारी गरे पनि एम्बुलेन्स समेत आउन नमानेको उनले वडाध्यक्ष श्रेष्ठले बताए ।