कोरोना संक्रमित युवती चढेको विमानबाट आएका चितवनका ६ जना क्वारेन्टाइनमा
कोरोना संक्रमित युवती चढेको विमानबाट आएका चितवनका ६ जना क्वारेन्टाइनमा
विवेक पोख्रेल ।
चैत्र १२,भरतपुर
नोबेल कोरोना भाइरस ९कोभिड १९० संक्रमित फ्रान्सबाट फर्किएकी किशोरीसँगै आएका चितवनका ६ जना क्वारेन्टाइनमा छन् । जिल्ला प्रहरी कार्यालय चितवनका कार्यालय प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङ्गले चितवनका ६ जना मध्ये ४ जना घरमा नै क्वारेन्टाइनमा रहेको बताए । दुई जना भने काठमाडौंमा नै क्वारेन्टाइनमा छन् । चितवन भएकाहरुलाई आफुहरुले चिकित्सकको निगरानीमा क्वारेन्टाइनमा राखेको बताउदै उनले अहिलेको प्रारम्भिक रिपोर्टले उनीहरुमा त्यस्तो केही नदेखिएको भएपनि दैनिक निगरानी गरिने जानकारी दिए । प्रहरी प्रधान कार्यालयको केन्द्रीय हेल्थ डेक्सको निर्देशनअनुसार उनीहरुलाई खोजी गरी क्वारेन्टाइनमा राख्न नाम सहित जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरिएको थियो ।गत चैत्र ४ गते फ्रान्सबाट फर्किएकी १९ वर्षीया किशोरीको आइतबार स्वास्थ्य परीक्षण गर्दा भाइरस पोजेटिभ देखिएको सोमबार सार्वजनिक भएको थियो। एउटै विमानमा आएकाले संक्रमण फैलिन सक्ने आशंकामा उनीहरुलाई निगरानीमा राखिएको हो ।