नवलपुरका ६ स्थानमा १९ शैंयाको आइसोलेसन कक्षा


  • रामकुमार श्रेष्ठ –



नवलपरासी, १३ चैत्र । पूर्वी नवलपरासीमा कोरोनाका आशंका लागेका विरामीहरुलाई उपचार गर्नका लागि १९ शैंयाको आइसोलेसन कक्षा तयार भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार ६ स्थानमा १९ शैंयाको आइसोलेशन कक्ष स्थापना गरिएको हो ।
जिल्ला अस्पताल मध्यविन्दु अस्पतालमा ३ शैयाको, प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा ३ शैया, चोरमाराको स्वास्थ्य चौकीमा २ शैयाको आइसोलेशन बेड बनेको छ ।
त्यसैगरी पितौजको हेल्प पोष्टमा ३ शैयाको आइसोलेशन कक्ष स्थापना भएको छ ।
त्यसैगरी पहाडी क्षेत्र डेढगाउँ र बुलिङ्गटारका प्राथमिक स्वास्थ्य केन्द्रमा पनि ४÷४ बेडको दुई वटा आइसोलेशन कक्ष स्थापना भएको छ ।



सम्बन्धित
Loading...