नवलपुरमा अत्यावश्यकमा पर्ने बैंक पनि बन्द

कावासोती । सरकारले लकडाउनका बेला अत्यावश्यकको रुपमा राखेको बैंक नवलपुर जिल्लामा बन्द गरिएको छ ।
सर्वसाधारण बैंकमा आफ्नो खातामा रहेको रकम झिक्न नपाएको गुनासो गरेका छन् । लकडाउन बढ्न गएको अवस्थामा आर्थिक संकट पर्ने भन्दै आमसर्वसाधारण आफ्नो बैंक खातामा रहेको रकम झिक्न नपाएपछि आम सर्वसाधारण मारमा परेका हुन् ।
जिल्ला प्रशासन कार्यालय नवलपुरका सूचना अधिकारी आनन्द भुसालले बैंक अत्यावश्यक भित्र पर्ने भएकोले राष्ट्रिय वाणिज्य बैंक लगायतका बैंकहरु खुल्न पर्ने बताए तथापि नवलपुरमा रहेका बैंकहरु भने बन्द रहेका छन् । एटिएम खुल्ला रहे पनि बैंक बन्द भएका हुन् ।
यसैबीच राष्ट्रिय बाणिज्य बैंक कावासोतीका प्रमुख सविन अधिकारीले आफूहरुलाई लकडाउनका बेला बैंक खोल्नु भन्ने निर्देशन भएको र स्थानीय प्रशासनबाट आग्रह भए दैनिक केही घण्टा खोल्न सकिने बताए ।