सुनसान त्रिवेणी नाका – फाेटाे फिचर
प्रेमचन्द राैनियार –
नवलपरासी । सरकारले चैत ११ गते देखि चैत १८ गतेसम्मका लागि घाेषणा गरेकाे लकडाउनकाे आज चाैथाे दिन गण्डकी प्रदेशकाे एक मात्रा नाकाकाे रुपमा रहेका विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ स्थित रहेकाे ठुलाेवैराज पुलकाे नाका पूर्ण रुपले बन्द गरिएकाे छ ।
लकडाउनकाे चाैथाे दिन वन्दका कारण स्थानीय पसल, विद्यालय र हाट बाजार समेत पूर्ण रुपले बन्द भएकाे छ ।
केही किराना, दुध र आैषधी पसलहरु विहान र वेलुका खुल्ला गरिएकाे छ ।



