कावासोती ३ मा वडा कार्यालयको पहलमा विपन्न परिवारलाई खाद्य सामग्री वितरण




कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको वडा नं. ३ वडा कार्यालयले विपन्न परिवारलाई खाद्य सामग्री वितरण गरेको छ ।
वडा अध्यक्ष अमृत श्रेष्ठको पहलमा कावासोती ३ मा रहेका ५० घर परिवारलाई २५ हजार रुपैयाँ बराबरको खाद्य सामग्री वितरण गरिएको वडा अध्यक्ष श्रेष्ठले बताए ।
कावासोती ३ थकाली चोकमा रहेको सेन्टजोसेफ माविको सहयोगमा उक्त खाद्य सामग्री वितरण गरिएको हो । वडा अध्यक्ष श्रेष्ठले सहयोगी संस्थाप्रति धन्यवाद ज्ञापन समेत गरेका छन् ।
लकडाउनका बेला ज्यालामजदुरी गर्ने तथा विपन्न परिवारलाई समस्या पर्ने भएकोले स्थानीय सरकारको पहलमा यस्तो गरिएको वडा अध्यक्ष श्रेष्ठले बताए ।



सम्बन्धित
Loading...