भारतमा गाउँ डुल्ने धर्मगुरुको कोरोनाका कारण निधन, हजारौं भक्तजन आतंकित




एजेन्सी । उत्तरी भारतमा कोभिड–१९ कोरोना भाइरसका कारण सिख धर्मगुरुको निधन भएपछि उनीसँग सम्पर्कमा रहेका कम्तिमा १५ हजार जनता उच्च सतर्कता अपनाइरहेका छन् । उनीहरु सबै अहिले कडा क्वारेन्टाइनमा छन् ।

७० वर्षका धर्मगुरु बलदेव सिंह इटली र जर्मनको भ्रमण गरेर फर्किएपछि क्वारेन्टाइन बस्नुको साटो पञ्चावका दर्जनौं गाउँ डुलेका थिए । कोरोना संक्रमणले उनको मृत्यु भएपछि स्थानीय झस्किएका छन् । प्रहरीले उनी डुलेका गाउँ पहिचान गरेर कडाई गर्न थालेपछि बल्ल घटना सार्वजनिक भएको हो । भारतमा २१ दिने लकडाउन सुरु हुनअघि नै ती गाउँमा लकडाउन गरिएको थियो, अहिले स्थानीय क्वारेन्टाइनमा बसेर उच्च सतर्कता अपनाइरहेका छन् ।




‘१८ मार्चमै पहिले १५ गाउँलाई सिल गरियो र हाम्रो बुझाईमा बन्द गरिएका यी गाउँमा १५ हजारदेखि २० हजार जनता छन्,’ स्वर्गीय बलदेव बस्ने गरेको बंगा जिल्लाका वरिष्ठ सरकारी अधिकारी गौरव जैनले भने , ‘अहिले यहाँ स्वास्थ टोली तयारी अवस्थामा छ ।’



सम्बन्धित
Loading...