गैडाकोटमा एम्बुलेन्स सेवा निशुल्क – सम्पर्क नम्बर सहित


केशव तिवारी घायल –



नवलपरासी, १८ चैत्र । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिकाले कोरोनाको संक्रमणलाई नियन्त्रण गर्न एम्बुलेन्स सेवा निशुल्क गरेको छ ।
गैडाकोट नगरपालिकाले गैडाकोट नगरवासीका लागि एम्वुलेन्स सेवा निशुल्क गराएको छ । नगरप्रमुख छत्रराज पौडेलले स्वास्थ्य संयोजकसँगको सम्पर्कमा रहेर एम्वुलेन्स सेवाको प्रयोग गर्न आग्रह गर्दै उक्त खर्च नगरपालिकाले व्यहोर्ने जानकारी दिए ।
नगरप्रमुख पौडेलले नगरभित्र चार वटा एम्वुलेन्स तायारी अवस्थामा राखिएको र स्वास्थ्य संयोजकसँग सम्पर्कमा रहेर एम्वुलेन्सको प्रयोग गरेपछि सोही अनुसारको रेकर्ड राखेर नगरपालिकाले खर्च व्यहोर्ने बताए ।


गैडाकोट नगरपालिका भित्र अहिले पितौजीघाट स्वास्थ्य चौकी, किसान बचत तथा ऋण सहकारी संस्था, नारायणी कालाखेती स्मृती र चेन्ज नेपालको एम्वुलेन्स तयारी अवस्थामा राखिएको छ । तत्काल एम्वुलेन्स आवश्यक परेमा गैडाकोट नगरपालिका भित्र संचालीत पितौजीघाट स्वास्थ्य चौकीको ९८५५०६४३८८, .किसान वचत तथा ऋण सहकारी लिको ९८५५०५६५५९, चेन्ज नेपाल अमरापुरी १५ को ९८४७२७१२३४ र नारायणी कालाखेती स्मृतीको ९८४५०६२७७८ नम्वरमा सम्पर्क गरेर एम्वुलेन्स सेवा लिन सकिनेछ ।
गैडाकोट नगरपालिकाले अलपत्र परेर सडकमा पैदल यात्रामा गन्तव्यमा निस्केका यात्रुहरुलाई गैडाकोटमा चिउरा र पानी खुवाउने व्यवस्था समेत गर्दै आएको छ ।






सम्बन्धित
Loading...