बोटे गाउँमा खाद्यान्न वितरण
कमला राना मगर –

कावासोती । पाल्पा नवलपरासी सम्पर्क समाज (पानस) ले कावासोती नगरपालिका वडा नम्बर ७ स्थित बोटे टोलका विपन्न गरिव परिवारलाई खाद्यन्न वितरण गरेको छ ।
विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) विरुद्ध देशमा जारी लकडाउनबाट प्रभावित दैनिक ज्याला मजदुरी गरिखाने गरिव विपन्न बोटे टोलका ४० घरपरिवारलाई खाद्यान्न वितरण गरिएको हो ।
पाल्पा नवलपरासी सम्पर्क समाज (पानस) का अध्यक्ष राजेन्द्र जिसीले देशमा जारी लकडाउनको पालना गर्ने क्रममा दैनिक ज्याला मजदुरी गरी खाने विपन्न नागरीकमा पर्न गएको मर्कालाइ मध्यनजर गर्दै बोटे टोलका गरिब परिवारलाई पानसले खाद्यन्न वितरण गरेको बताए ।

अध्यक्ष जिसीले अन्य स्थानका गरिव विपन्न परीवारहरुलाई पनि पानसले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै देशको अवस्थालाइ मनन गर्दै सबै संघसस्थाहरुलाई हातेमालो गरी सहयोगी हातहरु अगाडि बढाइ दिन समेत अपिल गरे ।
यसैगरी पाल्पा नवलपुर सम्पर्क समाज (पानस) नवलपुरका वरीष्ठ सल्लाहाकार कर्णेल धन बाहादुर मास्की राना मगरले विश्व महामारिको रुपमा फैलिरहेको कोरोना भाइरसबाट विश्व आक्रान्त भइरहेको अवस्थामा आफ्नो स्वास्थ्यलाई ख्याल गरी सचेन रहन आग्रह गरे ।
कावासोती नगरपालिका वडा नम्बर सातका वडा अध्यक्ष नन्दलाल गुरौले विपन्न परिवारको मर्कालाई मनन गर्दै पाल्पा नवलपुर सम्पर्क समाज (पानस) ले खाद्यान्न वितरण गरेकोमा धन्यवाद ज्ञापन गर्दै नेपालीको समस्यालाई नेपालीले नै बुझि सहयोग गर्नु अत्यन्तै प्रंशसनीय र अनुकरणीय कार्य रहेको बताए ।
कावासोती नगरपालिका वडा नम्बर सातका वडा अध्यक्ष नन्दलाल गुरौको समन्वयमा भएको खाद्यान्न वितरण कार्यक्रममा पानसका जिल्ला अध्यक्ष राजेन्द्र जिसी, वरिष्ठ सल्लाहाकार कर्णेल धन बाहादुर मास्की राना, सचिव प्रेम बाहादुर मास्की राना तथा सदस्य विक्रम पाण्डे लगायतको सहभागिता रहेको थियो ।
