लाेप हुँदै पुराना सामग्री र प्रविधिक




दिपकराज भट्ट / भागेश्वर, डडेलधुरा – पछिल्लो समयमा प्रविधिकाे बिकास सङै गाउघरमा पुराना सामान लाेप हुँदै गएका छन ।

पहिले पहिले माेहि बनाउन प्रयाेग गरिने कुरे , दहि बनाउन प्रयाेग बासकाे खपटे, दाल दल्लनु का लागि प्रयोग गरिने दलनि , जुतरा गेडागुडिकाे धुलाे बनाउनुका लागि मिल काे सट्टा पहिले जुतरा,घट्ट, चुक (अमिलाे)रस निकाल्न जातिकाे र तेल पेल्न काेलु प्रयाेग हुन्थ्ये जुन अहिलेकाे भन्दा गुणस्तरीय उत्पादन र आर्गनिक हुन्थ्ये भाेगेश्वर 4 डुगरिका 80 बर्सिय भवानि भट्ट सुनाउछन ।




उनीले पहिले पहिले गाउका सबै मिलेर घट्ट ,काेलु ,जाती जाने गरेकाे र जसले गर्दा गाउलेकाे सम्बन्ध सुमधुर समेत रहन्थ्याे । अहिले प्रबिधिकाे बिकास अाए सितै यी पुराना प्रविधिकाे लाेप भएकाे पाईन्छ । यसमा पछिल्लो समयमा स्थानीयय तहले खासै चासाे नदिएकाे स्थानीयहरुकाे भनाइ रहेकाे छ ।


– प्राविधिले फेरियाे जीवनशैली

मानिसहरु पछिल्लो समयमा काम छिटाेछरिदाे बनाउनु खाेज्ने भएकाले पुराना प्राविधिकाे प्रयोग लाेप हुँदै अाएकाे छ ।

 

समयकाे बचत हुने र अाफुलाई पनि सहज हुने भएकाले यस्ता अाधुनिक सामानकाे प्रयोग गरने गरेकाे बताउछन । पहिले अाफुहरुले गेडागुिड पिस्नुकाे र तेल पेल्नुका लागि चार पाच घण्टा काे बाटाे िहडनु पार्ने र राती त्यहि बस्नुपर्ने ब्याध्यता हुन्थ्यो तर अाज भाेति तहि काम 1/2 घण्टा मा हुने र बाकिकाे समयमा घरमा तरकारि अादि लगाउने गरेकाे भागेश्वरका स्थानीय मदन सिंह माली बताउछन् ।
पछिल्लो समयमा बिकासका नाममा सडक लाई नै प्राथमिकता दिएका स्थानिय तहले यस्ता पुराना प्रविधि लाई जाेगाउनु र ब्यबस्थापन का लागि स्थानीय सरकारले ध्यान दिनु जरुरि रहेकाे स्थानीयहरुकाे गुनासाे छ । सडक बिकासका नाममा कतै कतै सयांै रुखहरु काटिने , पानिका मुहानलाई ( न्वाला ) पुरिने भएका सडक बिकास गर्दा पनि यस्ता कुराकाे सरक्षण मा पनि ध्यान दिनु जरुरि रहेकाे माली सुझाव समेत दिन्छन् ।



सम्बन्धित
Loading...