रिटर्नी माइग्रेन्ट नेपाल, नवलपुरद्वारा बुधबार मास्क वितरण

चैत्र १९, कावासोती । रिटर्नी माइग्रेन्ट नेपाल, नवलपुर शाखाले बुधबार मास्क वितरण गरेको छ । जिल्लाका विभिन्न संघ संस्थाहरुलाई कोरोना भाईरसको संक्रमणका बेला हुनसक्ने स्वास्थ्य सम्बन्धी जोखिमलाई न्यूनीकरण गर्नका लागि निशुल्क मास्क वितरण गरेको हो ।
संस्थाले पहिलो चरण अन्तर्गत मध्यबिन्दु जिल्ला अस्पताल, डण्डामा ५०० थान, नेपाल रेडक्रस सोसाईटी, नवलपुर उपशाखामा १५० थान, सूर्यकिरण कृर्षि सहकारी संस्था, मध्यबिन्दु १५ मा २०० थान, मध्यबिन्दु नगरपालिकाको कार्यलयमा ३०० थान, नेपाल प्रहरी कार्यालय अरुणखोला शााखामा २० थान, मध्यबिन्दु नगरपालिका वडा नं. १२ मा १०० थान मास्क वितरण गरेको हो ।

रिटर्नी माइग्रेन्ट नेपाल, गण्डकी प्रदेशका अध्यक्ष नेत्रनारायण थनेत, नवलपुर शाखाका अध्यक्ष भिम बहादुर महत्तो, उपाध्यक्ष सुमिर तिवारी, सचिव दिपेन्द्रराज थनेत, सचिवालय सदस्य काजी थापा आदि नै सम्बन्धित संस्थामा पुगी मास्क वितरण गरेका हुन् । संस्थाले बिभिन्न चरणमा गरेर जम्मा ५ हजार थान मास्क वितरण गर्ने संस्थाका जिल्ला शाखा अध्यक्ष महत्तोले बताए ।
रिटर्नी माइग्रेन्ट नेपाल बिदेशबाट पुँजी, सिप र दक्षता आर्जन गरि फर्किएका नेपालीहरुको साझा संस्था हो । जसले बिदेशमा सिकेका आर्जन गरेका पैसा र सिपलाई नेपालमा नै लगानी गरी स्वरोजगार बनाउनका लागि सहजिकरण गर्ने कार्य गर्दछ ।
यो संंस्थाले नेपाल अधिराज्य भरीका बिदेशबाट फर्किएर नेपालमा नै केहि गरौं भन्ने ब्यक्ति तथा संस्थाहरुको लागि सरकारसँग हातेमालो गरि पुँजी , सिप, अभिमुखिकरण प्रदान गर्ने लगायतका कार्यहरु गर्दै आएको छ ।