गाउकाे बिकासमा लागे युवा समूह

दिपकराज भट्ट / भागेश्वर ,डडेल्धुरा – डडेल्धुराकाे भागेश्वर ४ गाेलाई का स्थानिय जनचेतना समाज सुधारक नामक युवा क्लब मार्फत गाउमा बाटाे निर्माण सडक सफाई , मदिरा नियन्त्रण अादि काम गरकाे छ । हाल क्लब बाट गाउमा हुने जुवातास समेत पुण रुपमा निशेध गरेकाे छ । गाउमा सानाे सानाे सहयाेग का साथै बिकास गर्न हाम्रो लक्ष्य रहेकाे क्लब का उपाध्यक्ष कैलास साउदले जानकारि िदए । यसरी क्लब ले काम गरेकाे देख्दा अाफु लाई प्रेरणा मिलेकाे र अाफु निकै खुसि भएकाे क्लब का सचिव यज्ञ साउदले बताए ।
मदिरा निसेधित वडा भए पनि ब्यपारिले लुकाएर बेचिरहेका समयमा क्लब द्वारा पुरै बन्द गरेकाेमा अाफुहरु निकै खुशि भएकाे स्थानीय हेम साउदले बताए । यसरी काम गर्दा पहिले जुवातासमा रहने मानिसहरु अहिले अाफ्नाे काममा ब्यस्त रहेकाे पाईन्छ ।
अाफुहरु यस्तो काम मा निरन्तरत लागिरहने क्लब का सदस्य श्याम साउदले जानकारि दिए । यसरी क्लब माफृत सामाजिक काम गरेकाे मा सबै स्थानीय ले क्लबका पदाधिकारि लाई धन्यवाद समेत दिएका छन् ।
