कोरोना नियन्त्रण कोषमा आयल निगमकाे ५० करोड सहयाेग


काठमाडौं । नेपाल आयल निगमले सरकारले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५० करोड रुपैयाँ सहयोग गरेको छ ।

निगम सञ्चालक समितिकाे बुधबार बसेको बैठकले कोषमा ५० करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

सहयोग रकम निगमको विगत १५ दिनको तेल तथा ग्यास बेचेर कमाएको नाफा बराबर हो ।

सहयोग रकमको चेक बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाइएको निगमका प्रवक्ता विनितमणी उपाध्यायले जानकारी दिए ।



सम्बन्धित
Loading...