चन्दा संकलन नगर्न प्रशासनको निर्देशन




भरतपुर । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना प्रकाशित गर्दै कोभिड १९ बाट सबै नागरिकलाई सुरक्षित राख्न देशभर लकडाउन भइरहेकोमा यस कार्यमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ ।

यसै सन्दर्भमा कतिपय व्यक्तिले असहाय व्यक्तिहरुलाई सहयोग गर्ने नाममा चन्दा संकलन गरी आफूखुसी बाँड्दै आएको सुनिएकाले प्रशासनको गम्भीर ध्यानाकर्षण भएको सूचनामा जनाइएको छ ।




असहाय तथा गरिबका नाममा कसैले पनि सर्वसाधारणबाट चन्दा तथा सहयोग संकलन नगर्न, नगराउन तथा जनप्रतिनिधिमार्फतबाहेक कुनै पनि प्रकारको राहत वितरण नगर्न सबैमा प्रशासनले जानकारी गराएको छ ।

प्रशासनले सूचनालाई बेवास्ता गरी उल्लेखित कार्य गरे÷गराएमा कानुनबमोजिम कारबाही गर्ने जनाएको छ ।



सम्बन्धित
Loading...