भरतपुर अस्पतालका स्वास्थ्यकर्मीलाई ग्लोवल र गंगोत्रीमा राखिने




केशव तिवारी घायल –
भरतपुर । भरतपुर अस्पतालको कोरोना सेक्सनमा काम गर्ने कर्मचारीका लागि बस्न र खानको व्यवस्था अस्पतालले गरेको छ । भरतपुरस्थित ग्लोवल होटल र गंगोत्री होटलमा बस्ने व्यवस्था गरिएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले बताए ।



खानाका लागि भने अस्पतालको क्यान्टिनमा व्यवस्था गरिएको उनले बताए । अस्पतालमा कोरोना आशंकित र संक्रमितका लागि आइसोलेसन र आइसियू कक्षको व्यवस्था गरिएको छ । त्यस्तै, उपचारमा संलग्नहरूका लागि पिपिईलगायतका सुरक्षा सामग्री, भत्ताको व्यवस्था गरिएको र बिमाको समेत व्यवस्था गर्न लागिएको अस्पतालले जनाएको छ ।
उपचारमा संलग्न स्वास्थ्यकर्मी पहिलो जोखिम समूह तथा व्यक्ति भएकाले उनीहरू र उनीहरूका परिवारको सुरक्षाका लागि क्वारेन्टाइन बसाइँ गरिएको अस्पतालले जनाएको छ ।


सम्बन्धित
Loading...