प्रकोप ब्यवस्थापन कोषमा निजी बिद्यालयको सहयोग , कोषमा पुग्यो १६ लाख ६५ हजार रुपैया



बर्दघाट २१ चैत्र ः पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको प्रकोप ब्यवस्थापन कोषमा नीजि बिद्यालयले समेत आर्थिक सहयोग गर्न थालेका छन् । एक महिनाको शैक्षिक शुल्क अभिभावकलाई छूट दिने निर्णयमा असन्तुष्ट रहेका नीजि क्षेत्रका बिद्याललयहरुले स्थानीयतहको प्रकोप ब्यवस्थापन कोषमा रकम जम्मा गर्दै सहयोग गर्न थालेका हुन । राष्ट्र प्रति नीजि बिद्यालयको पनि सामाजिक उत्तरदायित्व रहने भएकोले विपदका बेला सहयोग पु¥याइने नीजि बिद्यालय संचालकहरुको तर्क छ । सोही क्रममा बर्दघाट नगरपालिकाको प्रकोप ब्यवस्थापन कोषमा नीजि बिद्यालयले समेत सहयोग गर्न थालेका छन् । नीजि बिद्यालयले प्रकोप कोषमा नगद जम्मा गर्ने अभियान शुरु भएको संगै। शुक्रवार कुमुदिनी मावि बर्दघाट–४ ले ५१ हजार र डेभिस स्कुलले ५० हजार कोषमा जम्मा गरेका हुन ।
त्यस्तै शैक्षिक क्षेत्रले पनि कोषमा योगदान गरेको छ । कोषमा सहयोग गर्नमा सामुदायिक तथा नीजि दुवै क्षेत्रका बिद्यालय देखिएका छन । त्यस्तै सामुदायिक बिद्यालयतर्फ राजामाहात्मा पूर्णभद्र मावि बर्दघाट ९ भुताहाले ५० हजार रुपैया प्रदान गरेको छ । यो नै सामुदायिक बिद्यालयको तर्फबाट अहिले सम्म धेरै सहयोग गर्ने बिद्यालय हो ।
प्रकोप कोषमा नवजिवन मावि बर्दघाट–४, दिब्यज्योति मावि बर्दघाट–२ , शान्ति निकुञ्ज रेवती गौमाता गौतम मावि बर्दघाट–५ ,राष्ट्रिय मावि जिमिरेभार र सरस्वती मावि बर्दघाट–१४ र बाल्मिकी मावि बर्दघाट १ ले नगद २५÷२५ हजार सहयोग गरेका छन् । त्यस्तै दाउन्नेदेवी मावि बर्दघाट ४ ले २५ हजार ५ रुपैया, गंगा मावि २५ हजार ५ सय २५ रुपैया ,निरकु माविले जहदाँले १५ हजार रुपैया कोषमा दिएका छन् ।



कोषमा अहिले १६ लाख ६५ हजार ३ सय ६७ रुपैयाको बरबरको नगद तथा जिन्सी संकलन भएको छ । त्यसबाट नगरमा पहिलो चरणमा १ हजार ५ सय २७ अतिविपन्न परिवारले राहतस्वरुप खाद्यान्न पाएका छन् । १६ वटै वडामा अतिबिपन्न छनौट गर्दा समेत १ हजार ५ सय २७ घरपरिवार पुगेको आज ( शुक्रवार ) सम्म ती सबै घर परिवारले राहत पाएको नगर प्रमुख धीरज शर्मा बस्यालले बताउनुभयो ।
अतिबिपन्नलाई प्राथमिकतामा राखेर राहत दिइएको नगर प्रमुख बस्यालले जानकाी दिनुभयो । नगरले बिपन्न परिवारलाई १० किलो चामल,दुई किलो दाल,१ किलो नुन, एक पोका तेल र एउटा साबुनका दरले राहत वितरण गरेको हो । त
प्रकोप ब्यवस्थापन कोषमा सहयोग गर्नेहरुको समेत लर्काे लागेको छ ।
कोषमा १६ लाख ६५ हजार ३ सय ६७ रुपैया नगद तथा जिन्सी जुटेको छ । त्यस्तै एन आई सी एशिया बैकले दिएका एक लाख बराबरको खाद्यान्न सहित सो रकम संकलन भएको हो । कोषमा नगरका सबै जनप्रतिनिधिबाट ५ लाख ५ हजार रुपैया , शिक्षक बाहेकका कर्मचारीबाट ३ लाख ५५ हजार संकलन भएको छ ।
नीजि क्षेत्रले पनि प्रकोप कोषमा सहयोग गर्न शुरु गरेको नगर प्रमुख शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार नवलपरासी इर्टटा ब्यवसायी संघका तर्फबाट ६० हजार रुपैया , नवलपरासी सुनचाँदी ब्यवसयी संघ बर्दघाट नगर कमिटीबाट ५१ हजार १ सय ११ रुपैया , बर्दघाट बजार विकास समितिबाट २१ हजार १ सय २१ रुपैया, जिमिरेभार बजार विकास समितिबाट ११ हजार ५ बर्दघाट उद्योग बाणिज्य संघले कोरोना बिरुद्धको अभियानमा साथ दिएको छ ।
त्यस्तै महिलाहरुद्धारा संचालित दाउन्नेदेवी महिला बहुउदेश्शीय सहकारीसंस्थाले कोषमा ५० हजार प्रदान गरेको भने ईन्द्रेणी सामाजिक विकास मञ्चबाट २० हजार ५ सय कोषलाई प्रदान गरिएको छ । त्यस्तै चिसापानी सामुदायिक वन उपभोक्ता समुहले ५० हजार, सुलभ वचत तथा ऋण सहकारी संस्थाबाट २५ हजार,नवजागृति महिला समुहबाट ११ हजार १ सय ५ रुपैया ,मिलिजुली आमा समुहबाट १५ हजार रुपैया कोषमा जम्मा गरिएको बर्दघाट नगरपालिकाले जनाएको छ । त्यस्तै बर्दघाट १३ मा समाजसेवी मनोज कुमार कार्कीले प्रकोष कोषमा ११ हजार प्रदान गरेको नगरपालिकाले जनाएको छ ।

 



सम्बन्धित
Loading...