नवलपुर ड्राइभिङ व्यवसायीका अध्यक्षद्वारा कावासोतीको राहत कोषमा सहयोग




कावासोती । नवलपुर ड्राईभिङ व्यवसायी संघका अध्यक्ष प्रविन सापकोटाले लकडाउनका कारण दैनिक खाद्यान्नको अभाव भएका परिवारलाई आफ्नो तर्फबाट सहयोग गरेका छन् ।
उनले कावासोती नगरपालिको विपद व्यवस्थापन राहत कोषमा १२ हजार रुपैयाँ व्यक्ति रुपमा सहयोग गरेका हुन् ।
प्रविनको पुरानो ड्राईभिङ सेण्टरको संचालक समेत रहेका सापकोटाले कावासोती नगरपालिका मार्फत् १२ हजार रुपैया सहयोग प्रदान गरेका हुन् । उनले १० घर परिबारलाई पुग्ने गरि सहयोग गरेको बताए । उनले कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनीयालाई १२ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।



सम्बन्धित
Loading...