देवचुलीका विभिन्न स्थानमा किटनासक औषधि छर्कियो




कोरोना भाइरसको संक्रमण बृद्धि हुन थाले पछि स्थानियतहहरुले यसमा कडाइ गरेका छन । अहिले स्थानियतहरुले नगर,गाउँ र वडामा विभिन्न सचेतनाका कामहरु अघि सारेको जनाइएको छ ।

कोरोना भाइरस र यसको सम्भावित जोखीम रोक्न देवचुली नगरपालिकाका विभिन्न स्थानमा किटनासक जन्य औषधि राख्ने काम सुरु गरिएको छ । आइतवार देवचुली नगरपालिका वडा नम्बर २ ले आफ्नो वडा क्षेत्र भरी किटनासक औषधि छरेको छ । वडा नम्बर २ का वडा अध्यक्ष माधव केसीका अनुसार भाइरेक्सन एक सय साठि ग्रामको २० वटा औषधि, ५ लिटर फिन्याल, पाचँ किलो नुनको मिश्रण बनाइ आफ्नो वडाका प्रत्येक टोलमा किटनासक औषधि छरिएको वडा अध्यक्ष केसीले जानकारी दिए ।




नवलपरासी स्वास्थ्य कार्यलयको गम्भीर लापरबाही ३ बर्ष पहिले म्याद गुज्रिएको किटनाशाक औंषधी बितरण

यस्तै देवचुली नगरपालिका वडा नम्बर चारले पनि कोरोना विरुद्ध सचेतना अभियान अघि सारेको छ । वडाले आफ्नो वडा र छिमेकी वडामा माइकीङ गरि सचेतना फैलाउदै हिडेको वडा नम्बर चारका वडा अध्यक्ष गिरबहादु थापा (राम) ले जानकारी गराए ।



सम्बन्धित
Loading...