नवलपरासीमा लागुऔषध सहित एक जना पक्राउ




नन्दु यादव –

परासी । नवलपरासीको सुस्ताबाट एकजना युवक लागू औषध सहित पक्राउ परेको छ ।
पश्चिम नपलपरसीको सुस्ता गाउँपालिका वडा नम्बर ३ बलुवाटोलबाट कुडिया प्रहरी चौकिको गस्ती टोलीले विशेष सूचनाको आधारमा एक जना युवकलाई लागुऔषध सहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुस्ता २ गुँदरीयाका रंगलाल गुप्ता रहेका ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले जानकारी दिए ।
युवकको साथबाट प्रहरीले ५७६ पिस विनस्पास्मो, ओनेरेक्स ८ वोतल, वुप्रेनोफ्रिन ९ एम्पुल, प्रामेथाजिन ९ एम्पुल, ओजास्पाम १ पिस, २ सय एम एल को सिरिञ्ज, नेट्राजेपाम ट्याब्लेट १० पत्ता, भिभो स्मार्ट मोाईल १ थान र नगद २३ हजार २ सय ५० रुपैयाँ बरामद गरेको छ ।
लागुऔषध सहित पक्राउ परेका गुप्तालाई ईलाका प्रहरी कार्यालय बेलाटारीमा थप अनुसन्धानका लागि राखि थप कार्वाही अगाडि बढाउने निरीक्षक पाण्डेले बताए ।
गुप्ता लकडाउनको समयमा पनि भारतीय मोटरसाईकल यूपी ५७ आर ८२७१ नम्बरको मोटरसाईकलमा बलुवाटोल देखी प्रतापपुर गाउँपालिका वडा नम्बर ८ फट्कीटोलातर्फ जादै गर्दा प्रहरीले शंका लागि चेकजाँच गर्दा झोलामा बोकी राखेको अवस्थामा लागुऔषध बरामद भएको बताईएको छ ।



सम्बन्धित
Loading...