काठमाण्डौ देखी पैदल नेपालगंज हिडेका मजदुरको नवलपरासीमा उद्धार




दाउन्ने समाचारदाता
नवलपरासी, चैत २४ गते । काम गर्दै आएको उद्योग बन्द भए पछि काठमाण्डौ देखी नेपालगंज पैदल हिडेका बाँकेका ३५ जना मजुदरहरुको नवलपरासीमा उद्धार गरिएको छ ।
नेपाल पत्रकार महासंघ नवलपरासी र उद्योग वाणिज्य संघ नवलपरासीको विशेष सहयोगमा काठमाण्डौबाट तीन दिन पैदल हिडेर नवलपरासी पुगेका बाँकेका ३५ जना मजदुरहरुलाई उनीहरुको घर सम्म पुग्ने गरि गाडीको ब्यवस्था गरि पठाईएको पत्रकार महासंघ नवलपरासीका अध्यक्ष हरि शर्माले बताएका छन ।
काठमाण्डौंबाट ३ दिन अघि पैदल हिडेर सनिबार पश्चिम नवलपरासीको भूमहीमा पुगेका उनीहरुलाई पत्रकार महासंघ र उद्यौग वाणिज्य संघ नवलपरासीले मजदुरहरुको उद्दार गरेर घर पठाएका हुन । पैदल नै नेपालगंज हिडेका ३५ जनाको संख्या रहेको टोलीमा एक जना महिलाको उपस्थिती रहेको थियो । तीन दिनको पैदल यात्राका कारण अधिकांशण् मजुदरहरुका खुट्टा सुनिएका थिए । भोक र प्यास थकाईले हैरान परेको मजदुरहरुलाई उद्योग काणिज्य संघ नवलपरासीले सुनवलको भुमहीमा खाजा पानी खुवाएको उद्योग बाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारीले बताए ।
समाचार संकलनका क्रममा बर्दघाटको टिसिएन चोकमा पुगेका पत्रकार महासंघका अध्यक्ष हरि शर्माले उनीहरुको दयनिय अवस्था देखे पछि उद्योग वाणिज्य संघलाई सहयोगका लागि आग्रह गरे पछि उक्त कामले पुर्णता पाएको हो ।
मजुदरहरु दयनिय अवश्थाको बारेमा प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल र प्रहरी उपरीक्षक लालमणि आचार्यलाई जानकारी गराए पछि प्रशासनले उनीहरुको सवारी साधनका लागि पासको व्यवस्था मिलाएका थियो । प्रशासनले नेपालगंज सम्म पासको ब्यवस्था गरे पछि उद्योग बाणिज्य संघ र पत्रकार महासंघको सहयोगम बस चडेर घर तर्फ पठाईएको थियो ।
पैसा पाएर घर जाने आशमा केही दिन काठमाण्डौ बसेर पर्खदा ठेकेदारले पैशा नदिई फरार भए पछि उनीहरु बेखर्ची बनी पैदल नेपालगंज तर्फ हिडेको बाँकेको राप्ती सुनारी गाउँपालिका घर भएका शिवराज थारुले बताए ।



सम्बन्धित
Loading...