गभर्नरमा अधिकारी नियुक्ती

सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि केशवप्रसाद भट्टराई, चिन्तामणि सिवाकोटी र महाप्रसाद अधिकारीको नाम सिफारिस गरेको थियो ।
सोमबारको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नियुक्त गरेको हो ।