चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
चितवन राष्ट्रिय निकुञ्जसंग जोडिएको बेलसार मध्यवर्ती सामुदायिक वनमा गैंडाको आक्रमणबाट भरतपुर महानगरपालिका–२२ बोटे टोलमा बस्ने ४० वर्षीय पूर्णबहादुर कुमालको मृत्यु भएको निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीले जानकारी दिए । कुमाल निउरो साग टिप्न वन गएका थिए । उनको शव घटनास्थलमै रहेको छ ।