पश्चिम नवलपरासीमा १ सय १५ जना क्वारेन्टाईनमा, ४९ जना घर फर्किए

परासी, चैत २४ ।
पश्चिम नवलपरासीमा हाल सम्म १ सय १५ जनालाई क्वारेन्टाईनमा राखिएको छ । विभिन्न पालिकाहरुमा स्थापना गरिएका क्वारेन्टाईनमा भारत तथा तेस्रो मुलकबाट आएकाहरुलाई स्वास्थ्य निगरानीका लागी क्वारेन्टाईनमा राखिएको हो । जसमा हाल सबैभन्दा बढि प्रतापपुर गाँउपालीकामा छन् ।
जिल्ला स्वास्थय कार्यालयका प्रमुख गौरब ढकालले दिएको जानकारी अनुसार प्रतापुरको त्रिभुवन माविमा ४० जनालाई क्वारेन्टाईनमा राखिएको छ । उनीहरुमा कुनैपनि कोरानासँग सम्भावित लक्षण भने देखिएको छैन् । यस्तै सुस्ता गाँउपालीकाले ३ स्थानमा स्थापना गरेको क्वारेन्टाईनमा कुल ३७ जना छन् भने रामग्रामको आदर्श मा.वि.मा रहेको क्वारेन्टाईनमा १२ जना लाई राखिएको छ ।
यस्तै पाल्हीनन्दन गाँउपालीका र बर्दघाट नगरपालीकाका क्वारेन्टाईनमा ७÷७ जनालाई क्वारेन्टाईनमा राखिएको ढकालले जानकारी दिनुभयो । यस्तै सरावल गाँउपालिका र सुनवल नगरपालिकाका क्वारेन्टाईनमा ६/६ जना छन् । यस्तै नेपाली सेनाले पनि क्वारेन्टाईन निर्माण गरेको छ । कालीध्वज गण परासीको क्वारेन्टाईनमा पनि ९ जनलाई राखिएको बताईएको छ ।
यस्तै लकडाउनको अवधि देखि हाल सम्म क्वारेन्टाईनमा राखिएका मध्ये ४९ जना भने घर फर्किएका छन् । कोरोनासँग सम्बन्धीत कुनै पनि लक्षण नदेखिएपछि उनीहरुलाई घर जान अनुमति दिईएको हो । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुप संक्रमित मुलुकबाट आएकाहरुलाई कुनै पनि लक्षण नदेखिएपनि निश्चित अवधि सम्म क्वारेन्टाईनमा राख्ने गरिन्छ ।