हुप्सकोटमा विदेशबाट आएका ७१ जना होम क्वारेन्टाइनमा

पार्वती पाण्डे –
नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा भारत र तेस्रो मुलुकबाट आएको ७१ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ ।
हुप्सेकोटमा क्वारेन्टाइन होम बनाइएको भए पनि अहिलेसम्म विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमै स्वयम् सेवक र स्वास्थ्यकर्मीको उच्च निगरानीमा राखिएको हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले बताइन् ।
हुप्सेकोट गाउँपालिकाको तथ्यांक अनुसार अहिलेसम्म हुप्सेकोटमा विदेशबाट आएको ७१ ज्ना मात्र रहेका छन् । पाण्डेले भने – हामीले सबैलाई घरघरमै क्वारेन्टाइनमा राखेका छौं । सबैलाई उच्च निगरानीमा राखिएको छ । कुनै लापरवाही भएको छैन ।