मध्यविन्दु नगरपालिकाको विपद् कोषमा कर्मचारीबाटै ३ लाख ८९ हजार सहयोग




चोरमारा । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका अन्तर्गत कार्यरत राष्ट्रसेवक कर्मचारीहरुले नगरको विपत व्यवस्थापन कोषमा ३ लाख ८९ हजार १ सय ४९ रुपैया सहयोग हस्तान्तरण गरेका छन् ।
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम नियन्त्रण र उपचारको लागि लकडाउनको अवधिभर नगरभित्रका अति विपन्न तथा मजदुर परिवारलाई राहत प्रदानका लागि सो रकम आज नगरप्रमुख चन्द्रबहादुर रानालाई हस्तान्तरण गरिएको हो ।
नगरपालिका भित्रका शिक्षक बाहेक अन्य राष्ट्रसेवक कर्मचारीहरुको तर्फबाट नगरको विपत व्यबस्थापन कोषमा सहयोग गरिएको नगरपालिकाका स्वाथ्य शाखा प्रमुख माधब प्रसाद पोख्रेलले जानकारी दिए ।
त्यसैगरी साना किसान कृषि सहकारी सस्था लि. ले १५ हजार सहयोग रकम हस्तान्तरण गरेको छ नगरपालिकाका योजना प्रमुख विकास नरसिंह राणाले बताए ।
यो संगै नगरपालिकाको बिपत व्यबस्थापन कोषमा राहत रकम र सहयोग सामाग्री बढ्दै गएको छ ।
त्यस्तै आइतबार मात्र प्याब्सन मध्यबिन्दु नगर कार्यसमितिले १ लाख २५ हजार सहयोग गरेको थियो भने त्यसअघि तरुण दल जिल्ला कार्यसमिति नवलपुरले खाद्यन्न र रिटर्नी माइग्रेटिंगले मास्क बितरण गरिसकेको छ ।



सम्बन्धित
Loading...