गजल – भरिपूर्णता


सदान्नद अभागी –



बालरविको आगमन भो पूर्वदिशा लाली




शशिकला क्षितिजमा मन्त्रमुग्ध बन्ने पाली

 

पारिजातले स्वागत गर्छिन् फूल बर्साएर

हर्षविभोर बन्न जान्छ बगैचाको माली

 

जब कामको भावनाले प्रेमी थाल्छन् पूजा

पवित्र ती प्रेमिकामा प्रकट हुन्छिन् काली

 

मिलनको केन्द्र बिन्दु जब बन्दै जान्छ टाढा

दुर्भाग्यको आगमन हो त्यो थाली हुन्छ खाली

शशिमात्र नभएर जब सूर्य उदाउँछन्

भरिपूर्ण बन्न जान्छ माली दाइको थाली



सम्बन्धित
Loading...