ताला तोडेर राहत बितरण

नवलपरासी । हुप्सेकोट गाउपालिकाको कार्यालयमा खाद्यान्नराहत सामाग्री राखिएको गोदाममा अज्ञात समुहले लगाएको ताला तोडेर राहत बाडिएको छ । हुप्सेकोटमा बिपन्न परिवारलाई बितरण गर्न गाउपालिकाले खरिद गरेर राखिएको खाद्यान्न सामाग्री गोदाममा अज्ञात समुहले गत आइतवार तालाबन्दी गरिएपछि बितरण रोकिएको थियो । तालाबन्दी कस्ले गरेको हो भन्ने एकिन भएको छैन ।
गाउपालिकाले खरिद गरेर राखेको ५ सय बोरा चालम, ५१ बोरा दाल , तेल र नून राखएको गाउपालिकाको गोमाममा ताला तोडेर बुधवार बिहानवाट बांडन शुरु भएको पालिका अध्यक्ष लक्ष्मी पाण्डेले जानकारी दिइन ।परिवार संख्याको आधारमा अधिकतम ३० किलो खाद्यान्न बितरण थालिएको छ । त्यहाका ६ वटै वडाका ७ सय ९१ घर बिपन्नलाई पहिलो चरणको राहत बितरण शुरु भएको हो । वडावडावाट बिपन्न परिवारको लागत निकालेर गाउपालिकाले पहिलो चरणको खाद्यान्न सामाग्री बितरण शुरु गरेको छ ।
कोरोना महामारीको संक्रमणवाट जोगाउन गाउपालिकामा नया ब्यक्तिको प्रबेश निषेधको घोषणा गरेको हुप्सेकोट पुर्वी नवलपरासीको पहिलो पालिका हो । गाउपालिका प्रबेश गर्ने सबै नाकामा जनप्रतिनिधि र सुरक्षाकर्मी राखेर गाउ नछिर्न आग्रह गरिदै अँएको अध्यक्ष लक्ष्मी पाण्डले दावी गरिन ।