प्रगतिनगर खानेपानीको १ लाख ११ हजार १ सय ११ सहयोग




खगेन्द्र पराजुली,
२६ चैत्र, नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको खाद्य बैंकमा प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले १ लाख ११ हजार १ सय ११ रुपैंया सहयोग गरेको छ ।

खानेपानी अध्यक्ष खिमानन्द भुसालले आज बुधवार नगरपालिका नगर प्रमुख पूर्णकुमार श्रेष्ठलाई खानेपानीका तर्फबाट १ लाख ११ हजार १ सय ११ रुपैंया वरावरको खाद्यान्न सहयोग गर्ने ब्यहोराको पत्र सहित चेक हस्तान्तरण गरेका हुन् ।



सम्बन्धित
Loading...