मारमा पोल्ट्री क्षेत्र : दैनिक २२ करोड नोक्सानी




कोरोना नियन्त्रणको लागि सरकारले गरेको लकडाउनका कारण पोल्ट्री क्षेत्र मारमा परेको छ । लकडाउनका कारण कुखुरा, अण्डा र कच्चा पदार्थको डुवानीमा समस्या भएको छ ।

पोल्ट्रीजन्य उत्पादनको बिक्री वितरण र उपभोगमा समेत कमी आएपछि दैनिक करोडौँ रुपैयाँको नोक्सानी व्यहोर्नुपरेको व्यवसायीहरुले बताएका छन् । पोल्ट्री क्षेत्रमा दैनिक करिब २२ करोडको नोक्सानी भएको छ ।




नयाँ उत्पादन हुने चल्लामा दैनिक ३ करोड ४५ लाख, ब्रोइलर तयारी कुखुरामा १५ करोड, अण्डामा ३ करोड र पोल्ट्रीका लागि चाहिने दाना कच्चापदार्थमा ५० लाख गरी दैनिक २१ करोड ९५ लाख नोक्सानी भइरहेको नेपाल ह्याचरी उद्योग संघ बागमती प्रदेश समितिका अध्यक्ष ज्ञानबहादुर विसुरालले बताए ।

पोल्ट्रीजन्य उत्पादनमा दैनिक करोडौँको नोक्सानी हुन थालेपछि आत्मनिर्भरतातर्फ उन्मुख पोल्ट्री क्षेत्र घराशायी हुने अवस्था आएको उनको भनाइ छ । ‘पोल्ट्री क्षेत्र तहसनहस भयो’, अध्यक्ष विसुरालले भने, ‘कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनले पोल्ट्री क्षेत्रलाई विस्थापित गर्ने सम्भावना बढेर गयो ।’

पोल्ट्री क्षेत्रमा दुई लाखले रोजगारी पाएका छन् । यो क्षेत्र धरासायी हुँदा ठूलो जनशक्तिको रोजगारीसमेत धरापमा पर्ने अध्यक्ष विसुरालले बताए ।



सम्बन्धित
Loading...